यी तीन राशिका पुरुषले गर्छन श्रीमतीलाई आफूभन्दा धेरै माया, हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान
काठमाडौँ । आफ्नो लागि राम्रो जीवनसाथी छान्नु सायद संसारमै सबैभन्दा कठिन काम होला। तर, यहाँ महिलाका लागि भने राशिले जीवनसाथी छान्न केही सहज बनाएको छ।
ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल श्रीमान भनिन्छन्।
मकर राशि : यस राशिका श्रीमानले आफ्नी श्रीमतीलाई सँधै सन्तुष्ट राख्ने गर्छन् । श्रीमतीलाई खुशी राख्ने सबैभन्दा ठूलो कारण उनको स्वभाव हो।
यस राशिका पुरुष आफ्नी श्रीमतीप्रति सँधै इमान्दार रहन्छन्। यस राशिका पुरुष आकर्षक ‘लुक’, बोल्ने कला र सँधै सकारात्मक व्यवहारका हुन्छन् । सबैभन्दा राम्रो पक्ष यस राशिका पुरुषहरु जीवनभर यस्तै (सकारात्मक) रहन्छन्।
सिंह राशि : ज्योतिष शास्त्रलाई मान्ने हो भने सिंह राशिका चिन्ह, जसको भित्र पर्ने महिला, पुरुष, बालक–बृद्ध सबै आकर्षक हुन्छन्।
भनिन्छ, यस राशिका पुरुषलाई सँधै सुन्दर, असल श्रीमती मिल्छ, यस्तो राम्रो चयन शक्तिका कारण हुनसक्छ। यस राशिका पुरुष, सरप्राइज दिने, श्रीमती मात्रै होइन बालबच्चको पनि ध्यान राख्ने भएकाले ‘केयरिङ हस्बेन्ड’ भनिन्छ।
कन्या राशि : कन्या राशिका पुरुषलाई पनि असल जीवनसाथी मानिन्छ । बुद्धिमान, आकर्षक, बोलेर मन जित्ने खुबीका हुन्छन्।श्रीमतीलाई अत्यन्तै माया गर्ने पुरुष पनि यसै राशिका हुन्छन् । यस राशिका पुरुषलाई खाना पकाउँनदेखि लिएर बाल–बच्चा स्याहार्ने काम राम्ररी आउँछ । हुनसक्छ, यस कारणले पनि श्रीमतीका लागि असल श्रीमान् हुनसक्छन्।
यद्यपी, यी तीन राशिका पुरुष एक असल छोरा, असल साथी वा दाई-भाई नहुन सक्लान्, तर एउटी श्रीमतीका लागि एक पूर्ण श्रीमानमा गनिन्छन्।