यस्तो छ विदेशी मुद्राको आजको विनिमय
आज एक अमेरिकी डलरको बिक्री दर १२१.२७ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद दर १२०.६७ रुपैयाँ कायम भएको बताएको हो । यस्तै, आज एक यूरोको बिक्री दर १३६.९९ र खरिद दर १३६.११ रुपैयाँ तोकिएको छ ।
पाउण्ड स्टर्लिङको बिक्री दर १६०.७६ र खरिद दर १५९.९६ रुपैयाँ कायम हुँदा सिंगापुर डलरको बिक्री दर ८८.८९ र खरिद दर ८८.४५ रुपैयाँ छ । यसैगरी, १० जापानी येनको बिक्री दर १०.६७ र खरिद दर १०.६२ रुपैयाँ कायम छ भने चिनियाँ युआनको बिक्री दर १९.०४ र खरिद दर १८.९४ रुपैयाँ छ ।
३२.२० रुपैयाँ बिक्री दर रहेको साउदी रियालको खरिद दर ३२.१४ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३३.३० र खरिद दर ३३.१४ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३३.०२ र खरिद दर ३२.८५ रुपैयाँ कायम हुँदा मलेसियन रिंगटको बिक्री दर २८.८२ र खरिद दर २८.६७ रुपैयाँ छ ।