Welcome to the complete news site

म्याग्दीमा बाढीले घर पुरिँदा दम्पत्तीको मृत्यु

0 40

म्याग्दी । खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा म्याग्दीमा दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–५, छिस्बाङस्थित मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आएका २२ बर्षीय गजिन रोका र उनकी श्रीमती १९ बर्षीय बिना रोकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार प्रहरी, जनप्रतिनिधि र स्थानीयले शव निकालेका हुन् । कानुनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाइएको छ । यसैगरी ,गएरातिदेखि परेको अविरल बर्षाका कारण जिल्लाका मुख्य सडक अवरुद्ध भएका छन् ।