Welcome to the complete news site

मौरिससविरुद्ध नेपालको दोस्रो खेल आज

0 21

पहिलो भेटमा १-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा आज साँझ पौने ५ बजे मौरिससविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछन् ।

पहिलोपटक घरेलु मैदानमा पाँच हजार दर्शक (आधिकारिक) जित निकाल्दा अब्दुल्लाहको निर्णयमा फरवार्ड विमल घर्ती मगरले ५५औं मिनेटमा विजयी गोल गरेका थिए । त्यही निर्णायक गोलमा नेपाल पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिससविरुद्ध जित निकाल्न सफल भयो ।

दोस्रो खेलका लागि प्रशिक्षक अब्दुल्लाहले फरक टोली तयार पारेका छन् । यद्यपि पहिलो खेल खेलेका ‘प्लेइङ सेट’ गरी १२ खेलाडी दोस्रो खेलमा समेत छन् । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाहले चोट बोकेका रक्षक अनन्त तामाङ र अट्याकर प्रशान्त अवस्थीलाई बाहिर राख्दै दर्शन गुरुङ र मनिष डाँगीलाई अवसर दिएका हुन् ।

प्रशिक्षक अब्दुल्लाहले पहिलो खेलमा ४-३-३ को रणनीति अपनाएका थिए । दोस्रो खेलमा समेत उनी सोहि रणनीति अपनाउन सक्छन् । पहिलो खेलमा खेलेका खेलाडी नै दोस्रो खेलमा खेल्ने सम्भावनासमेत छ ।

पहिलो खेलमा डिफेन्सिभ मिडफिल्डरको भूमिकामा रहेका सुरजजिउ ठकुरी बाहिर रहन सक्छन् । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीबाट खेलिरहेका पुजन उपरकोटीले उनको स्थान लिन सक्छन् । पुजन पहिलो खेलमा टोलीमा थिएनन् ।

अन्य १० खेलाडी भने सुरुआती खेलकै हुन सक्छन् । पहिलो खेलमा गोल सोचेजस्तो ननिस्किँदा प्रशिक्षक अब्दुल्लाह ‘रिक्स’ मोल्न चाहँदैनन् ।