Welcome to the complete news site

मौजावासीको वर्षौदेखि यात्राको कस्ट

पहिरो पीडित भलामवासीलाई उद्घार गर्न गएका सुरक्षाकर्मीका सवारी धाँजा फाटेको सडकका कारण सम्बन्धित स्थानमा पुग्न नसकेपछि कालीखोला नजिकै पार्किङ गरी राखिएको अवस्थामा ।

0 15

हेमजा । पोखरा–२० भलाम तथा मौजावासी वर्षौ अघिदेखि जोखिमयुक्त यात्रा गर्न बाध्य छन् । पोखरास्थित मनिपाल शिक्षण अस्पतालदेखि भलाम हुँदै मौजा जोड्ने उक्त सडकखण्ड अन्तर्गत कालीखोला नजिकै सडक धाँजा फाटेको वर्षौ बित्दासमेत सुधारका लागि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सो क्षेत्रमा करिब ३० मिटर सडक पुरै धाँजा फाटेर केही भासिएको र सडक छेउमा ठूलो पहिरोसमेत गएको छ । त्यसका साथै त्यहाँको धरातलीय अवस्थासमेत निकै कमजोर पाइन्छ ।
आफूहरुले त्यस क्षेत्रको सडक सुधारबारे सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको भए पनि हालसम्म कुनै सुनुवाई नभएको भलामका गणेशबहादुर विकले बताए । सो सडकखण्ड जोखिमपूर्ण बन्दा कतिपय यात्रु पैदल हिँड्ने गरेका छन् भने विशेष गरी ठूलो तथा मालवाहक सवारीलाई सकस हुँदै आइरहेको छ ।