मेचीमहाकाली दिदीबहिनी समुह कास्की पोखराले यहि सोमबार पोखराको बैदाममा रहेको केदारेश्वर मन्दिरमा निशुल्क कपाल र छाला परिक्षण गरेको छ |
उक्त कार्यक्रम पोखरा किरण होमियो फार्मेसी पोखरा – १५को प्राबिधिक सहयोगमा भएको थियो |
संस्थाका अध्यक्ष किरण गुरुङले मेचीमहाकाली दिदीबहिनी समुह कास्की पोखराको अभियानमा सहकार्य र सहयोग गर्ने सबैलाइ आभार सहित धन्यवाद व्यक्त गर्नुभयो |
त्यसै गरि कार्यक्रमका संयोजक पुष्पा मरासिनी आचार्यले सेवाको भावना सहित स्वास्थ्यप्रति सजकतामा जोड दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो |
कार्यक्रमका अतिथि सन्चारिका समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले संस्थाका गतिविधिहरुको प्रशंसा गर्दौ संस्थाको प्रगतिका लागि शुभकामना दिनुभयो | प्रमुख अतिथी तथा चर्म रोग विशेषज्ञ डा: कृष्ण शर्माले १२५ जना बिरामीहरुको कपाल र छालाको निशुल्क परिक्षण गर्नुभयो |
कार्यक्रममा गोर्खाली पिउने पानी पोखरा – १५ले पिउने पानी वितरण कार्यक्रमका लागि सहयोग गरेको थियो |