Welcome to the complete news site

मुख्यमन्त्री कार्यालयअघि युवा संघले उडायो कालो बेलुन, ३ जना पक्राउ

0 25

पोखरा ।

पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अघिल्तिर युवा संघले आइतबार मध्यान्न कालो बेलुन उडाएको छ । त्यस क्रममा ३ जना पक्राउ परेका छन । फोटो पत्रकार सञ्जय शाक्य, हरि अधिकारी र छिरिङ फोन्चुक ठकुरी पक्राऊ परेका हुन् । युवा संघ गण्डकी, कास्की र केन्द्रका प्रतिनिधिहरुले कालो बेलुन उडाएको संघका केन्द्रीय सचिवसमेत रहेका युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले जनाए ।

संघको केन्द्रीय सर्कुलरअनुसार कालो बेलुन उडाइएको गुरुङले बताए ।