Welcome to the complete news site

मिडिया एक्सन नेपालको लैङ्गिक संवेदनशीलता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

0 16

पोखरा/

मिडिया एक्सन नेपालले लैड्गिक संवेदनशीलता सम्बन्धी २ दिने अभिमुखीकरण सम्पन्न भएको छ । गण्डकी प्रदेशका २० जना पत्रकारका लागि जुमको माध्यमबाट दिइएको अभिमुखीकरणमा नेपाली सञ्चारमाध्यममा लैङ्गिक संवेदनशीलता जसअन्तरगत पत्रकार महिलाको बाइलाइन, समाचारको स्रोतमा महिला र अल्पसख्यक यौनिक समुदाय, सम्पादकीय र विचारमा महिला सरोकारका विषयमा अध्ययन तथा छलफल गरिएको थियो ।

अभिमुखीकरणमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले सञ्चारमाध्यम र त्यहाँबाट प्रकाशन र प्रसारण हुने समाचारलाई लैङ्गिकमैत्री बनाउनु जरुरी भएकोमा जोड दिँदैे महिला र लैङ्गिक अल्पसख्यक समुदायका कथावस्तुलाई सञ्चारमाध्यममा महत्वका साथ स्थान दिनुपर्ने आवश्यकतालाई औल्याएका थिए ।