माधव नेपाल पार्टी र देशद्रोही हुन्ः गोकुल बास्कोटा
पोखरा । पुर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपाललाई पार्टी र देशद्रोहीको आरोप लगाएका छन् ।
प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा एकीकृत सामाजवादीलाई घाम नझुल्किदासम्मको शीतको संज्ञा दिए ।
उनले चुनाब भएपछी माधव नेपालको पार्टी सक्किने ठोकुवा गरे।
महागठन्धन चुनाबको अघिल्लो दिन सम्म कायम रहने बताउदै देशभर चुनावी प्रतिस्पर्धा काङ्ग्रेस र एमाले बिचमा हुने बताए ।
स्थानीय चुनाव आउँदो फागुनमा कुनै पनि हालतमा गर्नुपर्ने उनले बताए ।
उनले लिपुलेक लिम्पियाधुरा नेपाली भुमिमा ल्याउन केपी ओली सरकारको पहललाई छोप्न सरकारले सुशील कोइरालाको पालामा टुंगिएको चीन सिमा बिवादलाई फेरि उचाल्न खोजेको आरोप लगाए ।
जयसिह धामिको मृत्यु प्रकरणमा सरकारले कुटनैतिक तवरले गर्नु पर्ने काम गर्न नसको बताए ।