महामारीमा फस्टाएको रेमिट्यान्स सेवा, डिजिटल प्रविधिले शहरदेखि गाउँसम्म राहत
काठमाडौं-नेपालको अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा रेमिट्यान्स (विप्रेषण)ले धानिरहेको छ । कोरोना भाइरसको महामारीले अर्थतन्त्रलाई थला पार्दासमेत रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको पाइन्छ ।
विश्वको अर्थतन्त्रमा कोरोना महामारीले गम्भीर असर पारेको छ तर रेमिट्यान्स व्यवसायमा भने महामारीले पनि अवसरहरू सिर्जना गरिदिएको छ । रेमिट्यान्स व्यवसाय महामारीसँगै प्रविधिमैत्री बन्न पुग्यो, जसबाट सेवाग्राही लाभान्वित बन्न पुगे ।
अप्ठ्यारो अवस्थामा अर्थात् आपतविपत पर्दा काम लाग्ने भनेको आफ्नो परिवार नै हो । त्यसैले विदेशमा रहेका आफन्तले नेपालमा महामारीले समस्यामा परेका आफन्तहरुका लागि सहयोग गरिरहँदा रेमिट्यान्स बढेको देखिन्छ । अर्को भनेको पहिला जसरी हुण्डी लगायतका माध्यमबाट पैसा आउँथ्यो, त्यो अहिले आधिकारिक बाटोबाट आउन थालेको छ । यस्तै, नेपाल आउजाउ गर्नेले जिन्सी सामान बोकेर आउने चलन थियो भने अहिले पैसा पठाउने र यतै सामानको खरिद गर्ने क्रम बढेको छ । यिनै कारण रेमिट्यान्समा १० प्रतिशत बढिको वृद्धि देखिएको छ ।
कोरोना महामारीको कारण डिजिटल कारोबारमा ग्राहकहरु केन्द्रित हुँदा इसेवा रेमिट्यान्सको प्रयोग ह्वात्तै बढ्न पुगेको देखिन्छ । मानिसहरु पैसा पठाउन काउन्टरसम्म धाउनुभन्दा मोबाइलबाटै सिधै ह्यान्ड टु ह्यान्ड पैसा पठाउन सकिने हुँदा त्यसको प्रयोग बढेको हो ।
महामारीको मुखैबाट सञ्चालनमा आएको यो कम्पनीले स्थापनाको दुईवर्ष मै आफूलाई अब्बल साबित गरिसकेको छ । रेमिट्यान्सकै कारण आज ग्रामिण भेगका जनताको शिक्षा, स्वास्थ्यलगायतमा पहुँच बढेको छ भने उनीहरु प्रत्यक्ष टेक्नोलोजीसँग साक्षात्कार हुने मौका पाएका छन् । हाल इसेवा मनि ट्रान्सफरको ग्रोथ ३२ देखि ४० प्रतिशतको हाराहारीमा भइरहेको छ ।