Welcome to the complete news site

मस्क र जुकरबर्ग बीचको कुस्ती पक्का, प्रत्यक्ष प्रसारण समेत हुने

0 8

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्ग र एक्स (साविकको ट्वीटर) का मालिक एलन मस्कबीच कुस्ती भिडन्त पक्का भएको छ । साथै प्रविधि जगतका यी दुई अर्बपतिबीचको कुस्ती प्रत्यक्ष प्रशारण समेत हुने भएको छ ।

एलन मस्कले आइतबार एक्समा एक पोस्ट गर्दै मेटा सीईओ जुकरबर्गसँग हुने फलामे बारभित्रको कुस्ती (केज फाइट) को लाइभ स्ट्रिम अर्थात् प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । उक्त भिडन्तको प्रत्यक्ष प्रशारण सोसल मिडिया प्लाटफर्म एक्स अर्थात् ट्वीटरमै हुनेछ । उक्त भिडन्तबाट हुने आम्दानीलाई परोपकारी कार्यका लागि दान गरिने पनि मस्कले दाबी गरेका छन् ।

स्मरण रहोस् केही महिनायता मस्क र जुकरबर्गबीच हुने कुस्तीको विषय चर्चामा रहँदै आएको छ ।

हालै Ultimate Fighting Championship (UFS) का अध्यक्ष डाना ह्वाइटले पनि मस्क र जुकरबर्ग बीच कुस्ती भिडन्त हुने पुष्टि गरेका छन् । छिटै नै यी दुईबीच कुस्ती भिडन्त हुने बताएपनि उनले मिति चाहिँ खुलाएका छैनन् ।

यस्तो छ कुस्तीको कथा

वास्तवमा एलन मस्क र मार्क जुकरबर्गबीचको कुस्तीको कहानीको सुरुवात P92 परियोजनाबाट सुरु भएको थियो जसलाई मेटाले हालै ट्वीटरको प्रतिस्पर्धी थ्रेड्स नामको एपका रुपमा लञ्च गरेको छ ।