Welcome to the complete news site

मलेसियामा बिष मिसाइएको मदिराले लियो नेपालीसँगै ३३ जनाको ज्यान

0 11

क्वालालम्पुर । मलेसियामा मेथानोल नामक बिष मिसाइएको मदिरा (रक्सी) सेवन गरेका कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता नेपालीसहित ३३ जना स्वदेशी र विदेशी नागरिकको ज्यान गएको छ। पछिल्लो महिना मेथानोल नामक बिष मिसाइएको रक्सी सेवनबाट ५५ जना मानिसहरु बिरामी परेर अस्पताल भर्ना भएका थिए । जसमध्ये ३३ जना मानिसहरुको सेप्टेम्बर ९ तारिखदेखि ३० तारिखभित्रमा मृत्यु भएको मलेसिया सरकारको स्वास्थ मन्त्रालयको महानिर्देशक तान श्री डा. नुर हिशाम अब्दुल्लाहलाई उदृत गर्दै मलेसियाका सञ्चार माध्यमहरुले जनाएका छन् । बिषाक्त मदिरा (रक्सी) सेवनबाट मृत्यु हुनेहरूमा १८ जना मलेसियन नागरिक र १५ जना विदेशी नागरिकहरु रहेका छन् । विदेशी नागरिकहरुमा म्यानमार, भारत र नेपाली छन् । विदेशी नागरिकको ज्यान गए पनि कुन देशका कति नागरिक हुन् भन्ने चाहीँ स्पष्ट हुन बाँकी छ । तान श्री डा. नुर हिशामले भने कि, मेथानोल नामक बीस मिसाइएको रक्सी सेवन गरिसकेपछि पेट दुख्ने, वाकवाकी लाग्ने, उल्टि हुने, टाउको दुख्ने र रक्सी सेवन गरेको पाँच दिन भित्र धमिलो दृष्टि (आँखा अन्धो ) भएजस्तो हुने लक्षण देखिएको थियो । यता मलेसिया स्थित नेपाली दूतावासका अनुसार मेथानोल बिष मिसाइएको रक्सी सेवनले नेपाली श्रमिकहरुले ज्यान गुमाउनुको साथै आँखा को ज्योति समेत गुमाएको बताउनुभएको छ।