मणिपाल प्रकरणमा किन मौन छन् राजनीतिक दल ?
पोखरा । ४९ वर्ष संचालन अवधीपछि स्वतः सरकारको मातहतमा जाने भनि सम्झौता गरिएको मणिपाल शिक्षण अस्पताल पहिल्यै व्यापरीक समुहलाई बेचिएको छ ।
नेपाल सरकार र अस्पतालबिच भएको सम्झौतामा समयअवधी सकिएपछि स्वतः अरुलाई हस्तान्तरण गर्न नपाउने र सरकारको हुने भनेर स्पष्ट लेखिएको भएपनि सम्झौता विपरित बेचिएको विषयमा राजनीतिक दल मौन देखिएका छन् ।
सत्तारुढ दल नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र मात्रै होइन प्रतिपक्ष नेकपा एमालेले समेत यस प्रकरणबारे आधिकारिक रुपमा कुनै पनि भनाई सार्वजनिक गरिएको छैन ।
व्यापारी समुह बतास अर्र्गनाइजेसनका आनन्द बतास र अटवेज ग्रुपले करिब तीन अर्ब भन्दा बढि रकममा अस्पताल किनेका हुन् । तर स्वतः राज्यको हुनुपर्ने सम्पत्ती एकाएक व्यापारीक समुहले किन्दा समेत सरकार र प्रतिपक्षी दलको मौनताले आम नागरिकमा आशंका बढाएको छ ।
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सामाजिक सन्जाल मार्फत मणिपाल र सरकारबिचको सम्झौता सार्वजनिक हुनपर्ने माग राखेका थिए । त्यस लगत्तै सामाजिक सञ्जालमा मणिपाल र सरकारबीचको सम्भौता सार्वजनिकको माग चर्किएको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङले यसविषयमा सरकार र मणिपाल व्यबस्थापनको धारण आउनुपर्ने माग राखेको थिए ।
नेताहरुले व्यक्तिगत रुपमा आफ्ना भनाई राखेपनि आधिकारिक रुपमा कुनैपनि दलले यसबारे बोलेका छैनन् ।