Welcome to the complete news site

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप दुई हप्ताभित्रमा ल्याइने

0 13

काठमाडौँ । भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. सागर दाहालले बताए । उक्त खोप दुई हप्ताभित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको दाहालले बताए। नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । जसमध्ये १० लाख डोज प्राप्त भइसकेको छ भने बाँकी खोप दिन भारतले ढिलाइ गरेको थियो ।यसअघि भारतमा कोरोना महाममारी नियन्त्रण बाहिर गएको भन्दै त्यहाँको अदालतले खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण नेपालले खरिद गरेको खोपसमेत रोकिएको थियो । हालै भारत सरकारले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको हो । नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप १ करोड ९२ लाख मात्रा खोप लगाइको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार बुधबारसम्ममा १ करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याईएको छ ।