Welcome to the complete news site

‘भागवत गीता’मा सुहानाको जोडी धिरज,अनमोल आउट हो ?

0 16

काठमाडौं :

फिल्म ‘भागवत गीता’मा अभिनेता गोप्य राखिएको थियो । फिल्मको प्रचार प्रसारको एउटा माध्यम बनाइएको यस फिल्ममा अभिनेता अनमोल केसी हुने आँकल अन्तत फेल खाएको छ । निर्माण पक्षले फिल्ममा अनमोलको साटो धिरज मगर हुने पक्कापक्की नै भएको छ । यो फिल्मको टिजर केही दिनमा सार्वजनिक गर्ने तयारी भइरहँदा निर्माण पक्षले गोप्य सुचना चुहाएको हो ।

केहि महिना अघि जनकपुरमा फिल्मको टिजर खिचिएको थियो । सुहाना एक्लैलाई खिचिएको टिजरमा अरु को को अटाएको छन् भन्ने बारे खुलेको भने छैन । फिल्मको टिजर खिचेर यस फिल्मका निर्देशक तथा निर्माता झरना थापा,सुहाना थापा र सुनिल कुमार थापा अमेरिका गएका थिए ।

साउनबाट फिल्मको छायांकन सुरु हुने भनिएको यो फिल्ममा सुहाना थापाको जोडी धिरज मगरलाई राख्ने चर्चा चलेको हो । यस धिरज र सुहानाका साथमा अहिलेका चर्चित अभिनेता दयाहाङ राइले पनि काम गर्नेछन् । अन्तरजातिय प्रेमकथामा निर्माण गर्ने भनिएको यस फिल्ममा अन्य कलाकारको बारेमा जानकारी दिइएको छैन ।

यस अघि सुहानाले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर ३’ हिट भएको थियो भने ‘ए मेरो हजुर ४’ बक्स अफिसमा ठिकठिकै व्यापार गरेको थियो । भारतिय फिल्मसँग भिडेको हुनाले फिल्मको कमाई सोचे अनुसारको हुन नसकेको निर्माण पक्षको भनाई थियो ।