Welcome to the complete news site

भलिबलमा जम्दै दूर्गम गाउँको एउटा क्लब

0 16

काठमाडौं, (खेलाडी)- नेपालको भलिबलमा बाग्लुङ जिल्लाको उपस्थिती सधै वजनदार रहने गरेको छ । बाग्लुङ नेपाली भलिबल जगतमा गर्विलो उपस्थिती जनाउन सफल हुनुमा जिल्लाभित्र यो खेलको चरम लोकप्रियता नै कारण हो ।

भौगोलिक रुपमा बाग्लुङ सुगम जिल्ला होइन । त्यसैले पनि फुटबल र क्रिकेटजस्ता ठूला मैदान आवश्यक पर्ने खेलको तुलनामा भलिबलमा रमाउनु बाग्लुङवासीको बाध्यता हुन सक्छ । तर यही बाध्यता लगाबमा परिणत हुँदा गण्डकी प्रदेशको यो जिल्लाले नेपाली भलिबललाई धेरै योगदान गरेको छ ।

त्रिपुरेश्वरमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा यसपाली पनि बाग्लुङको उपस्थिती ओझपूर्ण छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा असोज १० गतेबाट चलिरहेको प्रतियोगितामा देशका विभिन्न ठाउँबाट महिला र पुरुष गरी २० टोलीले सहभागिता जनाइरहेका छन् ।