Welcome to the complete news site

बेलायती सेनामा नेपाली गोर्खा सैनिकमाथि दुर्व्यवहार र धम्की, कोर्ट मार्शला

0 97

२०७८ असार १७ बेलायती सेनामा नेपाली गोर्खा सैनिकलाई अर्का एक सहकर्मीले कार्यस्थलमै त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएको विषयमा कोर्ट मार्शलमा सुनुवाइ सुरु भएको छ । बिहानको खानामा एक अधिकारीले किपर (माछाको एक प्रकारको परिकार) कम भएको गुनासो गरेपछि ती सैनिकले नेपाली सहकर्मीलाई अश्लील गाली गर्दै धम्की दिएका थिए । कर्पोरल केभिन गिब्सनले आफ्ना सहकर्मी नेपाली गोर्खा सैनिक प्रकाश राईलाई धम्की दिएका हुन् ।

त्यतिबेला आफ्नो ब्यारेकमा गिब्सन र राई दुवै कुकको जिम्मेवारीमा थिए । बुलफोर्ड मिलिट्री अदालतमा भएको सुनुवाइमा बताइएअनुसार सी फुट मन पराउने एक रिसाहा सैनिकले आफूलाई चाहिने डाइट नदिइएको भन्दै विवाद सुरु गरेकोमा गिब्सनले नेपाली सहकर्मी राईलाई ‘फ..ग नेपाली …’ भन्दै गाली गरेका थिए । ५ मिनेटसम्म भएको विवादमा गिब्सनले राईलाई त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएका थिए ।

कोर्ट मार्शलमा बताइएअनुसार घटना २०१९ को जुलाइमा भएको थियो । त्यतिबेला गिब्सन र राई दुवै फकल्याण्ड आइल्याण्डमा पोस्टिङमा थिए । त्यस दिन कर्पोरेल गिब्सन विदामा थिए । तर, त्यसै दिन उनी भान्छामा गएर ब्रेकफास्टमा किपर कम भएको भनेका थिए । गिब्सनको दावीअनुसार राई त्यतिबेला आफूभन्दा तल्लो दर्जामा थिए र राईले उनको कुरा बेवास्दा गर्दै किचनबाट बाहिर निस्कन भनेका थिए जसका कारण विवाद भएको थियो ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार गिब्सनले राईलाई जातीय गाली गरेको कुरा भने अस्वीकार गर्दै आफूले राईलाई नेपालीमा नबोल्न भनेको दावी गरे । गिब्सनले आफूले राईलाई एक ग्राहकको गुनासोबारे सूचित गर्न गएको किनकि यो आफ्नो ड्युटी भएको दावी गरे । रोयल लोजिस्टिक कप्र्सका कर्पोरेल गिब्सनले राईले आफूलाई धकेलेर किचनबाहिर निकाल्न खोजेकोले आफूले उनलाई बाहिर निकालिदिने भनेको बताए ।

घटनाका बेला सिनियर एयरक्राफ्टम्यान बिक्रम लावती पनि त्यहीँ किचरमा भित्र बाहिर गरिरहेका थिए । कर्पोरेल गिब्सनका अनुसार त्यतिबेला राई लावतीसँग नेपालीमा बोलेका थिए । ‘त्यसपछि मैले उनीहरुलाई अंग्रेजीमा बोल्न भनेको थिएँ ताकि उनीहरु के भनिरहेका छन् मैले पनि बुझ्न सकुँ’ गिब्सनले कोर्ट मार्शललाई भने । लावतीका अनुसार त्यतिबेला गिब्सन नकै रिसाइरहेका थिए र उनले राईलाई अश्लील गाली गरिरहेका थिए । ‘उनले राईलाई फ.. यु फ..ग नेपाली… भनिरहेका थिए’ लावतीले भने । अर्का प्रत्यक्षदर्शी प्राइभेट जोशुआ फार्मरले भने राईले गिब्सनलाई उक्साएको बताए ।