पोखरा । देउवा नेतृत्वको सरकारले बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेका निर्देशक हितेन्द्र देब शाक्यलाई राजीनामा दिनका लागि निर्देशन दिएको स्रोतको दावी छ ।
प्रधानमन्त्री देउवाले उर्जामन्त्री पंफा भुषाललाई कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने तयारी थाल्न निर्देशक दिएका छन् । उज्यालो नेपालका मुख्य अभियन्ता कुलमान घिसिङले जिम्मेबारी लिए लगत्तै देशमा लोडसेडिङ मुक्त भएको थियो । उनको राजिनामासंगै देशभर छिनछिनमा लाइन आउने र जाने भएसँगै अहिलेका कार्यकारी निर्देशक शाक्य र पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीको चर्को आलोचना भएको थियो । घिसिङलाई केपि शर्मा ओली प्रधानमन्त्री भएको बर्खास्त गरेका थिए ।