Welcome to the complete news site

बालबालिकालाई दुर्लभ रोग ‘एसएमए’ भएको कसरी थाहा पाउने ?

0 13

काठमाडौँ । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) पछिल्लो समय देखिन थालेको छ । यो रोग लाग्दा बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका बालबालिका भेटिन थालेका छन् । स्पाइनल मस्कुलर एट्रोफी ११ हजार बालबालिकामध्ये १ जनामा भेटिने गरेको अध्ययनले देखाएको छ । यो वंशाणुगत रोग हो । एसएमए रोग कम बालबालिकामा देखिन्छ । तर यसले बालबालिकाको स्वास्थ्यमा विस्तारै विस्तारै गम्भीर समस्या निम्याउँछ ।

एसएमए रोग शिशुहरूलाई आमाकै गर्भबाट लाग्न सुरु गर्छ । एसएमए भएका बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या हुन्छ । यो रोग लागेपछि विस्तारै विस्तारै मेरुदण्ड बाङ्गो हुने बालविशेषज्ञहरू बताउँछन् । यसको रोगको औषधि उपचार सम्भव नहुने बालरोग विशेषज्ञहरू बताउँछन् । दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी ‘एसएमए’ रोग के हो ? यो लागेको कसरी थाहा पाउने ? एसएमएका लक्षण कस्ता कस्ता हुन्छन् । भन्नेबारेमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. अनिल ओझा यस्तो भन्छन् ।राताेपाटी