Welcome to the complete news site

बाढी पीडितका लागि राहत र उद्धारमा जोड दिन प्रदेश प्रमुख पौडेलद्वारा ध्यानाकर्षण

0 39

विज्ञप्तिमा भनिएको छ “मुलुक कोरोना कहरको पीडामा रहेको बेला फेरी अर्को प्राकृतिक विपत सामाना गर्नु परेको छ , यस कठिन समयमा तत्काल पीडितका लागि आवास, खाद्यान्न, लत्तकपडा, आवश्यक औषधीको प्रबन्धका लागि प्रदेश सरकारले विलम्ब नगरी विशेष प्राथमिकताका साथ काम गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।”
विज्ञप्तिमा गर्भवती, सुत्केरी, अपाङ्गता भएका, जेष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतमा राख्न भनिएको छ । प्राकृतिक विपत्हरु हरेक वर्ष आइरहने भएकाले दीर्घकालिन समाधानका लागि वैज्ञानिक अध्ययन गर्न तर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विपत्को घडीमा राहत, उद्धार र पुनस्थापना कार्यमा आ–आफ्ना क्षेत्रबाट जुटिरहेका सुरक्षाकर्मी, जनप्रतिनिधि, समाजसेवी र अन्य स्वयंसेवीहरु प्रति धन्यवाद ज्ञापन गरिएको छ ।