Welcome to the complete news site

बाटो भत्किदा कारागारमा क्षति

0 34

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाइन–पुतलीखेत जोड्ने बाटो भत्किएर कागारार परिसरमा ढुंगा माटो कारागारतर्फ झरेको छ । गतवर्ष निर्माण गरेको उक्त पक्की मोटरबाटो आइतबार मध्यान्हमा भत्किएको हो । जिल्ला अदालत परिसरभन्दा मुनि र कारागार शाखाभन्दा माथितिरको सडक भत्किएको हो । सवारी साधन चलाउन र मानिसलाई आवतजावत गर्न दिइएको थिएन् । कारागार शाखामाथिको भाग चर्किएर जमिन नै ढल्केको देखेपछि कारागारभित्र बसेका ३० जना कैदीबन्दीलाई पोखरा र तनहुँका कारागार शाखामा स्थानान्तरण गरिएको जेलर चूडामणि भण्डारीले जानकारी दिए । कारागार शाखा प्रमुख भण्डारीका अनुसार यस्तै वर्षा भइरहने हो भने कारागारलाई पनि थप असर पार्न सक्ने भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । पुतलीखेत र स्याङ्जा जोड्ने यो छोटो मार्ग हो ।