Welcome to the complete news site

बतासले चलाएको पशुपति धर्मशालास्थित होटल पर्यटनमन्त्री आलेले निरीक्षण गर्दै

0 34

काठमाडौं/ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् ।

पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।

यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।