बजारमा प्रचारित कोरोना गार्डजस्ता उपकरण भम्रपूर्ण भएकाे भन्दै सतर्क रहन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समयमा बजारमा प्रचारित गरिएको कोरोना गार्ड जस्ता भम्रपूर्ण उपकरणहरुबाट सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्न समेत अनुरोध छ। विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड १९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउन नपर्ने भन्ने कुरा भ्रामक र तथ्याहीन भएको भन्दै मन्त्रालयले सतर्क रहन भनेको छ। अहिलेसम्म कोभिडलाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधि विकास नभएको समेत मन्त्रालयले स्पष्ट पारेको छ। कोरोनाबाट बन्ने वैज्ञानिक उपाय भनेको खोप लगाउने र मास्कको प्रयोग गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड सधै प्रयोग गर्ने मात्रै भएकाले सबैलाई यसको पालना गर्न मन्त्रालयले अपिल गरेको छ।