Welcome to the complete news site

फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको पूनरागमन जित

सब्सिच्युट फरवार्ड रोबर्टाे फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि पुनरागमन जित निकालेको छ ।

0 29

बिहीबार, असार १०, २०७८एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २–१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकालेको हो । यो जितसँगै ब्राजिलले आफ्नो अपराजित यात्रालाई १०औं खेलसम्म लम्ब्याएको छ । सन् २०१९ मा भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता ब्राजिल अपराजित छ । सबै १० खेलमा जित हात पारेको छ ।

रियो दि जेनेरियोस्थित निल्टन सान्तोस स्टेडियममा बिहीबार बिहान भएको खेलमा लुइस डियाजको गोलबाट कोलम्वियाले १–० को अग्रता लिएको थियो । जुआन कोर्डाडोको क्रसमा अनमार्क रहेका लुइस डियासले ओभरहेड किकमा गोल गर्दा ब्राजिलका गोलरक्षक वेभेर्टनले रोक्ने कुनै मौका नै पाएन ।एक गोलले पछि परेको ब्राजिलले त्यसपछि बल पोसेसन राख्दै कोलम्वियालाई दवावमा राखेपनि गोल गर्न सकेन । २४औं मिनेटमा नेयमारको कर्नरमा रिचार्लीसनको प्रयासलाई ड्यानियल मुनोजले विफल पारे । २५औं मिनेटमा नेयमारको क्रस फितलो बन्दा ब्राजिल बराबरीबाट चुक्यो । ३७औं मिनेटमा रिचार्लीसनले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

४३औं मिनेटमा नेयमारको छोटो कर्नरमा एभर्टन रिवेइरोले दिएको क्रसलाई यारी मिनाले क्लियर गर्दै टोलीको खतरा टारे । दोस्रो हाफमा पनि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोलको लागि ७८औं मिनेट कुर्नुपरेको थियो । ५६औं मिनेटमा थियागो सिल्भाको पासमा नेयमारको प्रहारलाई डेभिड ओस्पिनाले विफल पारे ।५८औं मिनेटमा नेयमारको २५ यार्ड टाढाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६०औं मिनेटमा रिचार्लीसनको पासलाई गाब्रियल जेसस र रोबर्टाे फिर्मिनोले भेट्न सकेन । ६४औं मिनेटमा डानिलोको हाप भली प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा फिर्मिनोको चलाखीपुर्ण पासमा नेयमारको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७८औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेललालई १–१ गोलको बराबरीमा ल्याए । नेयमारको क्रस रेफ्रीलाई नस्टर पिटानालाई लाग्दा त्यसमै लुकास पाक्वेटाले दिएको पासमा रेनान लोडीको क्रसमा फिर्मिनोको हेडर गोलरक्षक ओस्पिनाको हातमा लाग्दै गोलमा परिणत भएको थियो । उक्त गोलको मुभमा कोलम्वियाले रेफ्रीसँग असहमति जनाएपनि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेनन् । नेयमारको क्रस रेफ्रीलाई नस्टर पिटानालाई लाग्दा खेल नरोकेको भन्द कोलम्वियाका खेलाडीले असहमति जनाएका थिए ।

फिर्मिनो ४६औं मिनेटमा एभर्टन रिवइरोको स्थानमा मैदान छिरेका थिए । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई २–१ को पूनरागमन जित दिलाए । नेयमारको कर्नरमा अनमार्क रहेका क्यासमिरोले हेडरमार्फत सुन्दर गोल गरेका थिए । यो जितसँगै क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । कोलम्विया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यसअघि यही समूहको अर्काे खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इक्वेडरले २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । २२औं मिनेटमा रेनाटो तापियाको आत्मघाती गोलबाट अघि बढेको इक्वेडरले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडुआर प्रेसिएडोको गोलबाट अग्रता दोब्बर पारेको थियो ।

दोस्रो हाफको शुरुवातै पेरुले बराबरी गोल फर्काउन सफल भयो । ४९औं मिनेटमा जियानलुका लापाडुलाको गोलबाट खेलमा फर्किएको पेरुले ५४औं मिनेटमा आन्द्रे कारिल्लोको गोलबाट खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीपछि समूह ‘बी’ मा पेरु ३ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रहँदा इक्वेडर ३ खेलबाट २ अंक जोडेर चौथो स्गानमा रहेको छ । समान २ अंक भएपनि भेनेजुएला गोल अन्तरमा पुछारमा छ ।