Welcome to the complete news site

प्रशिक्षक सिमिओन एट्लेटिकोमै रहने

0 310

एजेन्सी – स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओन क्लबमै रहने भएका छन् । क्लबले उनको सम्झौता नविकरण गरेका छन् ।

नयाँ सम्झौता अनुसार उनी सन् २०२४ सम्म एट्लेटिकोमा रहनेछन् । सिमिओन २०११ मा एट्लेटिकोको प्रशिक्षक बनेका थिए । यो अवधिमा उनले त्यहाँ विभिन्न ८ उपाधि जिेतका छन् । बार्सिलोना र रियल म्याड्रिडको दवदवा रहने लालिगामा उनकै प्रशिक्षणमा एट्लेटिकोले दुइईपटक ला लिगाको उपाधि जितेको छ । जसमा गत संस्करणमा अन्तिम दिन एट्लेटिकोले उपाधि जित्न सफल भएको थियो ।

सिमिओनले क्लब छाड्न चर्चा चलिरहँदा २० डिसेम्वर २०२० मा क्लबका सिइओ मिगुइल एन्जेल गिल मारिन नै उनको सम्झौताको लागि लागिपर्दा सिमिओनको सम्झौता २०२२ सम्मको लागि नविकरण भएको थियो । सिमिओनको सम्झौतासँगै उनका कोचिङ स्टाफहरुको पनि स्वत नविकरण भएका छन् । सिमिओनको सहायकको रुपमा निल्सन भिभास, फिटनेस कोच ओस्कार इल प्रोफे ओर्टेगा, गोलकिपिङ प्रशिक्षक पाब्लो भेर्सेलोन र अर्का प्रशिक्षक हर्नन बोनभिसिनी रहेका छन् ।

क्लबमा नयाँ सम्झौतासँगै उनले क्लबमा नयाँ कीर्तिमान लेखाउने सम्भावना छ । सिमिओनले एट्लेटिकोमा ३१६ खेल जितेका छन् । उनीभन्दा अघि क्लबका लिजेन्ड लुइस एरागोनेस रहेका छन् । क्लबको लक्ष्य च्याम्पियन्स लिग नै रहेको छ । उनको नेतृत्वमा एट्लेटिको २०१४ र २०१६ मा फाइनलमा पुगेपनि उनको टोली शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडसँग पराजित हुदै उपाधिबाट विमुख बनेको थियो ।