काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका एजेण्डा तयार भइ नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री साउदले एजेण्डाहरूबारे छलफल भइरहेको बताए ।
परराष्ट्रमन्त्री साउदले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’
प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।
भ्रमणका लागि सबै मन्त्रालयका सचिव, पूर्वपरराष्ट्र मन्त्री र राजदूतहरुलाई बोलाएर भ्रमणका एजेण्डाबारे आफूले र परराष्ट्र सचिवले छलफल तथा तयारी गरिरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।