Welcome to the complete news site

प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न छुट्टीयो बजेट

0 30

पोखरा । गण्डकी प्रदेश सरकारले प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट छुट्याएको छ ।

गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनेसँगै पोखराको सराङ्कोट र तोरीपानी क्षेत्रबाट उडान भर्ने प्याराग्लाईडिङ बिस्थापन गर्ने नीति लिएसँगै सरकारले प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको हो ।

त्यस्तै प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपलाईन, बञ्जीजम्प, वीच टुरिजम तथा वाईल्ड लाईफ टुरिजमजस्ता साहसिक पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन गर्नपनि बजेट छुट्टिएको छ ।