Welcome to the complete news site

पोखरा- ३१ खोलाबेसीका ५ घर डुवानमा

0 229

पोखरा । अविरल वर्षाका कारण पोखरा ३१ खोलाबेसीका पाँच घर जोखिमा परेका छन् ।

वेगनास बेत्यानी सौर्य सडकखण्डमा रहेको निर्माणाधिन खोलोबसी पुलमा लगाइएको जालीका कारण पानी निकास नहुँदा घरहरु डुबानमा परेका हुन् ।

स्थानीय शिक्षक बलराम बरालका अनुसार राती ११ बजेदेखी खोला बढेपछि स्थानीयहरु त्रासका कारण रातभर सुतेका छैनन् ।

निर्माणाधिन पुलमा लगाइएको जालीका कारण स्थानीय खेतबाट आउने पानी निकास नहुँदा स्थानीय घरमा पानी पसेको हो । स्थानीयका अनुसार खहरे खोलाले रुपाताल परियोजनाले जाली लगाउने क्रममा निकालिएको माटो खहरे बगाएर ल्याएको छ ।

समयमै उक्त माटो व्यवस्थापन नहुँदा बस्ती थप जोखिममा परेको हो ।