Welcome to the complete news site

पोखरा सडक महोत्सवमा आउनेलाई जोनसेन खोप उपलब्ध गराइने

0 9

पोखरा सडक महोत्सव अवलोकन गर्न आउने महानुभावहरुलाई कोभिड विरुद्धको जोनसेन एण्ड जोनसेन खोप उपलव्ध गराइने भएको छ । रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गर्ने २३ औं संस्करणको पोखरा सडक महोत्सवमा अवलोकन कर्ताका इच्छा अनुसार उक्त खोप उपलब्ध गराइने भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालका अनुसार भोली उद्घाटनका दिन र पर्सी शुक्रबार ११ बजेदेखि ४ बजेसम्म स्ट्रीट नं. ५ मा खोप उपलब्ध गराइनेछ ।