Welcome to the complete news site

पोखरा नर्सेसको दोस्रो जुम्लयाहा भेला

0 338

लायन्स् कलब अफ् पोखरा नर्सेसले शनिबार दोस्रो जुम्लयाहा भेला पोखराको बास्तोलाभरमा गरेको छ । संस्थाका अध्यक्ष निशा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा स्वास्थ्यको लागि कार्यक्रम र नीतिहरुबारे प्रकाश पार्दै यसको कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिवद्वता व्यतm गर्नुभयो ।
२२ जना जुम्ल्याहाहरुको सहभागिता रहेको कार्यक्रममा लायन्स कलव इन्टरनेश्नल डिस्ट्रिक्ट ३२५ “यम”का गभर्नर लायन महेन्द« पौडेलले नौलो कार्यक्रमको थालनीसंगै सामाजिक गतिविधिहरुमा पनि कलब अग्रसर रहेकोमा बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा जुम्लयाहा जोडीमध्ये राम लक्ष्मणको जोडीले आफ्नो अनुभव राखेका थिए भने अभिभावकको तर्फबाट सरिता पहारीले जुम्लयाहाको आमा हुनुको भोगाइ व्यतm गर्नुभयो । बालरोग विशेषज्ञ डा. रामचन्द« वास्तोला र दन्त विशेषज्ञ डा.हरि द्वाले सहभागीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुभयो । कार्यक्रममा लायन रितु कोइराला,मिडसन मेम्बर उषा किरण पौडेल,लायन हेमा गुरुङ लगायतले बोल्नुभएको थियो ।