Welcome to the complete news site

पेट्रोलियम पाइपलाइन बनेयता जोगियो ढुवानी खर्च ३ अर्ब

0 15

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बनेयता ढुवानीमा मात्रै नेपालको ३ अर्ब रुपैयाँ जोगिएको छ । तीन वर्षअघि भारतको बिहारस्थित मोतिहारी जिल्लाबाट नेपालको बारा अमलेखगञ्जसम्म ६९ किलोमिटर पाइपलाइन विस्तार गरिएको थियो । भोलि २४ गते (बिहीबार) सो पाइपलाइन संचालनमा आएकोे दुई वर्ष पूूरा हुँदैछ । २०७६ भदौ २४ गतेदेखि सो पेट्रोलियम पाइपलाइन संचालनमा ल्याइएको थियो । निगमको २ नम्बर प्रादेशिक कार्यालयसम्म बनेको उक्त पाइपलाइन इण्डियन आयल कर्पोरेसनको सहयोगमा निर्माण भएको हो । उक्त पाइपलाइनबाट डिजेलमात्रै ल्याउँदा पनि निकै रकम बचत भएको प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले बताए ।
दुई वर्षमै ३ अर्ब रुपैयाँ बचत
एउटा ट्यांकरले भारतको बरुणी डिपोदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ल्याउदाँ ४५ हजार रुपैयाँसम्म ढुवानी खर्च लाग्नेगर्छ । उनीहरूले त्यहाँ भारतको राज्य कर, टोल ट्याक्स र खानाखर्च लगायतमा न्यूूनतम ५ हजार रुपैयाँ खर्च गर्नुपर्छ । यसअघि करिब २५० किलोमिटर दूरी पार गर्दै नेपालका ट्यांकर पेट्रोलियम पदार्थ लिन भारत पुुग्थे । अहिले पाइपलाइबाटै दैनिक ६५ लाख लिटरसम्म डिजेल आयात गर्न सकिन्छ । यादवका अनुसार हाल डिजेलको माग कम भएकाले दैनिक ३५ लाख लिटर मात्रै आयात भइरहेको छ । पाइपलाइन स्थापनाको पहिलो आर्थिक वर्ष २०७६÷०७७ मा भारतबाट ४८ करोड ८५ लाख ४८ हजार लिटर डिजेल आयात भएको थियो ।