काठमाडौं । आइतबार राति अमेरिकी पत्रिका वासिङटन पोस्ट र भारतको द वायरमा विश्वभरका मानिसहरुको निगरानी राख्न बनाइएको पेगासस सफ्टवेयरको बारेमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा पेगाससबाट विश्वभरका धेरै पत्रकार र सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएको उल्लेख थियो । समाचारमा उल्लेख गरिएअनुसार ५० हजार फोन नम्बरको विवरणहरु लिक भएको छ । जसमध्ये तीन सय भारतीय नम्बर रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।पेगाससबाट डिभाइस ह्याक हुनेमा साउदी अरेबियाको शाही परिवारका सदस्य, विश्वभरका ६ सयभन्दा धेरै राजनेता वा सरकारी कर्मचारी, ६४ व्यावसायिक अधिकारी, १८९ पत्रकार, ८५ मानवअधिकार कार्यकर्ता रहेको समाचारमा उल्लेख छ ।