Welcome to the complete news site

पहिरोले गाउँनै बगाएपछि २३ बेपत्ता

0 15

पोखरा । बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा आज बिहान आएको पहिरोले गाउँनै बगाएपछि २३ जना बेपत्ता भएका छन् ।
पहिरोमा परेर एकै घर परिवारका १८ जनासहित २३ जना बेपत्ता भएका हुन् ।

मंगलबार बिहानै गाउँ माथिबाट आएको पहिरोले उनीहरु बेपत्ता भएको स्थानीयले जानकारी दिए । गाउँका अन्य विस्थापित भएका छन् । विस्थापितहरू त्रिभुवन माध्यामिक विद्यालय महेन्द्रधारमा बसिरहेका छन् ।

पहिरोले तल्लो डिख्ला र माथिल्लो डिख्लामा असर पुगेको छ । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको जनाइएको छ ।
घटनास्थल टाढा भएका कारण प्रहरी त्यहाँसम्म पुग्न सकेको छैन ।