पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ जना रहेका छन् ।