Welcome to the complete news site

पक्राउ पुर्जी जारीपछि अभिनेता पल शाह फरार, कहाँ भागे ?

0 11

काठमाडौ । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्ना साथ अभिनेता पल शाह फरार भएका छन् ।

उनी काठमाडौमा कही नदेखिएको प्रहरी स्रोतले बताएको छ ।

जाहेरी दर्ता भए लगत्तै पक्राउ गर्न खोजेको तर उनी मोबाइल अफ गरेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए ।

रिलिजको तयारीमा रहेको फ्लिम म यस्तो गीत गाउँछु–२ को प्रोमोसनमा उनी सहभागी भएको स्रोतले जानकारी दिएको छ ।

तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भए लगत्तै उनी मोबइल बन्द गरेर गायब भएका हुन् । उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ ।

उनीविरुद्ध एक बालिका गायिकाका बाबुले जाहेरी दिएका छन् । जाहेरीपछि बालिकाको स्वास्थ्यपरीक्षणपनि भइसकेको छ । अभियोग लगाए अनुसारका प्रमाणहरुपनि प्रहरीमा पेस गर्ने काम सकिएको छ ।

अब अभिनेता शाहलाई पक्राउ गरेर अनुशन्धान सकेपछि सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा चढ्नेछ । अदालतको फैसला नआएसम्म उनी हिरासतमा बस्नुपर्नेछ ।

मुलुकी अपराध संहिताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेमा पनि जबर्जस्तीकरणी नै मानिन्छ । उक्त कसुरमा बढीमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।