Welcome to the complete news site

नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु

0 18

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए ।

नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी प्रस्ताव तयार गरेको बताए । प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैक दर्ता प्रकृया शुरु गरेको जानकारी दिए ।

कार्यक्रममा प्रस्तावित बैकका प्रमुख सल्लाहकार एवं आनन्द ढुंगानाले प्रस्तावित बैक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रकृया अबिलम्ब अघि बढाउन आग्रह गरे ।

प्रस्तावित बैकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उप रजिष्ट्रार लगायतका अधिकारीलाई प्रस्तावित बैकको अवधारणा पत्र प्रस्तुत गरेको थियो । बैक तदर्थ समितिका अध्यक्ष भण्डारीले अनुमतिपत्र पाए लगत्तै बैक सञ्चालनमा आउने बताए ।