नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा खेल हुदैछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले हालसम्म भारतसँग खेलेको १९ खेलमध्य १३ खेल भारतले जितेको छ । भने नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । चार खेल बराबरीमा सकिएको इतिहास छ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुनेछ ।