Welcome to the complete news site

नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल पोखरामा

0 10

पोखरा । पोखरा रंगशालामा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्ने तयारी थालेको छ । अगस्टमा हुने मैत्रीपूर्ण खेललाई लक्षित गरी भौतिक पूर्वाधारका काम भइरहेका छन् । पोखरा रंगशाला लगभग निर्माणको अन्तिम चरणमा छ । विभिन्न कारण पटकपटक थप गरिएको म्याद अक्टोबरसम्म मात्रै छ । अब १० प्रतिशत काम हुने हो भने सम्झौता अनुसार काम सकिन्छ ।नेपालले अर्को महिना बंगलादेशलाई मैत्रीपूर्ण खेलको निम्तो दिएको छ । सो खेल पोखरा अन्तर्राष्ट्रिय रंगशालामा बंगलादेशसँग खेल्दै छ । शनिबार एन्फा अधिकारीहरु पोखरा रंगशाला निरीक्षणमा गएका थिए । उनीहरुसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य सदस्य राजेश गुरुङसहित निर्माण कम्पनीका प्रतिनिधिको पनि उपस्थिति थियो । नेपाली पुरुष फुटबल खेलाडी बन्द प्रशिक्षणका लागि पोखरा आउने भएका कारण तयारीका लागि पोखरा आएका एन्फाको टोलीले रंगशाला निरीक्षण गरेको हो । पोखरा रंगशालाले भौतिक पूर्वाधार सम्पन्न गरेको खण्डमा अन्तर्राष्ट्रिय खेल पोखरामा खेलाउने सकिने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । ‘बंगलादेशको महिला टोलीले पनि नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भनेको छ त्यो खेल पोखरामा खेलाउने कि भन्ने हो,’ उनले भने, ‘साफ च्याम्पियनसिप पनि नेपालले पाएको खण्डमा २/३ वटा म्याच खेलाउन मिल्छ कि भनेर हेर्न आएको हो ।’
निर्माणाधीन अवस्थामै भएका कारण तत्काल नै खेलाउन गाह्रो रहेको उनको तर्क थियो । ‘प्लेयर बक्स पनि छैन चेन्जिङ रुम पनि बन्दै छ यही अवस्थामा त गाह्रो छ,’ तुलाधरले भने, ‘तर १५ दिनभित्र चेन्जिङ रुमको काम सक्छु भन्नुभएको छ, र अरु काम पनि सँगै सक्नुभयो भने सम्भावना छ ।’ रंगशाला पूर्वाधारको काम जति छिटो सक्यो त्यति नै मैत्रीपूर्ण खेल र साफ गेमको छनोट चरणका खेल खेलाउने सम्भावना बढेर जाने उनले जानकारी दिए । ‘साफ च्याम्पियनसिपको छनोट चरणका खेलहरु पोखरामा खलाएर त्यसपछि काठमाडौं लैजाने भन्ने योजना हो, त्यसैको तयारीको लागि म पोखरा आएको हुँ,’ उनले भने । नेपाली राष्ट्रिय महिला टोलीले पोखरा रंगशालामा मैत्रीपूर्ण खेल्ने तयारी गर्नु पोखरेलीका लागि खुसीको कुरा भएको राखेप बोर्ड सदस्य राजेश गुरुङले जानकारी दिए । आवश्यक चेन्जिङ रुम र प्लेयर बक्ससहित पूर्वाधार १० देखि १२ दिनमा सक्ने गरी काम भइरहेको समेत उनको भनाइ छ । ‘आवश्यक पूर्वाधारहरु १५ दिनमा बनाइसक्नुपर्ने भन्ने कुरा आएको छ,’ गुरुङले भने, ‘आज हामीले निरीक्षण ग¥यौं, हामीले १२ दिनभित्र सक्नेगरी निर्माण कम्पनीसँग कुरा गरिरहेका छौं ।’ पोखरामा खेलकुदको गतिविधि अगाडि बढोस्, खेल पर्यटन बढोस् भनेर आफू अहोरात्र खटिएको उनको प्रतिक्रिया थियो । खेल भइरहँदा नयाँ खेलाडीहरुले उनीबाट सिकेर पछि राम्रो गर्न सक्ने उनले बताए । कोरोनाको समयमा पनि काम भइरहेको हुँदा मैत्रीपूर्ण खेलका लागि आवश्यक पूर्वाधार तयार हुनेमा ढुक्क हुन निर्माण पोखरा रंगशालाका प्रोजेक्ट इन्जिनियर बरालले जानकारी दिए । ‘निरीक्षण टोलीले चेन्जिङ, रेफ्री रुम, प्लेयर बक्सक कुरा गर्नभएको थियो,’ बरालले भने, ‘त्यसको काम भइरहेको छ, टायल बिछ्याउने काममात्र बाँकी छ ।’ साफका लागि सेप्टेम्बरको अन्तिम साता पूरै बनाउनुपर्ने निरीक्षण टोलीको सुझाव रहेको उनले बताए । ग्राउन्ड र भित्री पार्टहरुमा फिनिसिङको काममात्र बाँकी छ । भिआइपी प्यारापिटतर्फको बिल्डिङ तयार भएपछि लगभग सम्झौता भएको काम सकिने बरालको भनाइ थियो । सम्झौताको अन्तिम मिति अक्टोबरसम्म भएकाले पनि साफलाई लक्षित गरी सेप्टेम्बरमै सक्ने गरी काम भइरहेको उनले जानकारी दिए ।