Welcome to the complete news site

नेपाल–रुस पर्यटन प्रवर्द्धनमा दुबै देशले सहकार्य गर्ने

0 12

काठमाडौं-नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा.धनञ्जय रेग्मी र नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच सोमबार भेटवार्ता भएको छ ।

नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिइएको थियो ।

भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरू आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।

भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरू आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।सो अवसरमा उनले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भइसकेकाले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको समेत रुसी राजदूतसमक्ष बताए । उनले पर्यटन बोर्ड र नेपाल स्थित रसियन कल्चर सेन्टरसँगको सहकार्यमा भाषा प्रशिक्षण, नेपालको ऐतिहासिक सहर भक्तपुर र रुसको ऐतिहासिक सहर ड्रविनबीच भगिनी नगरको सम्बन्ध स्थापना गर्ने लगायतका विषयमा सहकार्य गरेर काम गर्न सकिने धारणा राखे ।

नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाले नेपालको कला, संस्कृति र विविधताप्रति रुसी पर्यटक मोहित हुने गरेको उल्लेख गर्दै उनले रुसी नागरिकले नेपाललाई उत्कृष्ट गन्तव्य रुपमा लिने गरेको बताइन् ।

रुसी विज्ञान तथा संस्कृति केन्द्रका निर्देशक समेत रहेकी आन्द्रोसोभाले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान प्रदान गर्न आफुहरु सदा तयार रहेको बताइन् । उनले बोर्डले अघि सारेका विषयहरूमा आफूहरूले उचित पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।