Welcome to the complete news site

नेपाल टेलिकम गण्डकीको स्वागत तथा परिचयात्मक कार्यक्रम

नयाँ निर्देशकलाई स्वागत

0 155

नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालयले आज आइतवार स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रमका सभाध्यक्ष उप.प्रबन्धक नविनमान श्रेष्ठले फूलको बुके, गण्डकी प्रार्देशिक निर्देशनालयका लेखा प्रमुख रमेश न्यौपानले ढाका टोपी र टेलिकम पोखराका कार्यालय प्रमुख रवि मानन्धरले खादा लगाई सरुवा भइ गण्डकी प्रार्देशिक निर्देशनालय,पोखरा आउनुभएका नवनिर्देशक इन्दल यादवलाई स्वागत गर्नुभयो ।

आज देखि जिम्मेबारी सम्हाल्नुभएका गण्डकी प्रार्देशिक निर्देशनालय,पोखराका निर्देशक इन्दल यादवले प्रार्देशिक निर्देशनालयका मानवस्रोत तथा साधनको अधिकतम सदुपयोग गरी टेलिकमको सेवा सुधार पहिलो प्राथमिकतामा
रहने बताउनुभयो।

उहांले टेलिकमको सेवाको ग्ुणस्तर र कर्मचारीको क्षमता बृुद्दिनै अहिलेको साझा ंमुद्धा रहेकोले क्रियाशिालतामा जोड दिने बताउनुभयो ।

त्यसै गरी समारोहमा बीरगंजबाट पोखरा सरुवा भएर आउनु भएका नवनिर्देशक यादव तथा विभिन्न शाखाका शाखाप्रमूखहरु,अधिकृतहरु,बरिष्ठ इन्जिनियरहरु,इन्जिनियरहरु तथा कार्यरत कर्मचारीहरुबीच परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा टेलिकम पोखराका कार्यालय प्रमुख रवि मानन्धर, निर्देशनालयका लेखा प्रमुख रमेश न्यौपाने,नेपाल टेलिकम कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष चन्द« पाण्डे, नेपाल दुर संचार राष्ट्रिय कर्मचारी संगठन गण्डकीका कार्यवाहक संयोजक माधव अर्याल लगायतले संस्थाको प्रगति र समृद्धिका निम्ति निरन्तर लागि पर्ने प्रतिवद्धता व्यतm गर्नुभयो ।