Welcome to the complete news site

नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कतिले लगाए?

0 36

काठमाडौं – नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम बढ्दै गएको छ। हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो। मन्त्रालयका अनुसार अब नेपालमा केही दिनमा नै थप ६४ लाख डोज खोप आउने छ। चीनसँग खरिद गरिएको ३२ लाख अबको १० दिनभित्रमा आउ बताइएको छ। यस्तै चीनबाट अनुदान स्वरुप १६ लाख र जापानबाट १६ लाख कोभ्याक्स अन्तर्गतको खोप आउन पक्का भएको मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख र भारतले १० लाख खोप अनुदानमा दिइसकेको छ।
नेपालले भारतको सेरम इन्स्टिच्युसँग १० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। २० लाख डोज खोप खरिदका लागि रकम पठाइएको भए पनि सेरमले अझै १० लाख डोज खोप उपलब्ध गराएको छैन। खरिद गरिएको उक्त खोप कहिले आउँछ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय अझै अन्यौलमा छ। कोभ्यास फ्यासिलिटी अन्तर्गत नेपालमा सबैभन्दा पहिला ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको थियो। यही असार २८ गते मात्र कोभ्याक्स मार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप पनि नेपाल आइसकेको छ। यस्तै, भारतबाट नेपाली सेनाका लागि १ लाख डोज खोप समेत अनुदानमा प्राप्त गरेको थियो। खरिद अन्तर्गत भने भारतबाट १० लाख र चीनबाट आठ लाख गरेर हालसम्म १८ लाख डोज खोप आइसकेको छ। चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट अन्तर्गत अब ३२ लाख डोज खोप आउन बाँकी छ। खरिदको उक्त खोप लिन ६, ७, ८ र ९ गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ।

कतिले लगाए खोप?
नेपालमा हालसम्म २७ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २७ लाख ६५ हजार ७०९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ। हालसम्म ११ लाख २० हजार २८२ जनाले दुबै डोज खोप लगाएका छन्।

१८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ९ लाख ३७ हजार २२५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ५९ हजार ५४८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।

प्रदेश १ मा ३ लाख ७ हजार १ सय ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउँदा ७० हजार ७३५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। प्रदेश २ मा ३ लाख २० हजार ५ सय ३२ जनाले कोभिसिल्ड र ७३ हजार ३३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ।

कुन प्रदेशमा कतिले खोप लगाए ?
प्रदेश १
कोभिसिल्ड पहिलो मात्रा – ३ लाख ७ हजार १८६, दोस्रो मात्रा – ५२ हजार ८५५
भेरोसेल पहिलो मात्रा – ७० हजार ७३५, दोस्रो मात्रा – ५० हजार ६०

प्रदेश २
कोभिसिल्ड पहिलो मात्रा – ३ लाख २० हजार ५३२, दोस्रो मात्रा – ४६ हजार ३५८
भेरोसेल पहिलो मात्रा – ७३ हजार ३३, दोस्रो मात्रा – ३७ हजार ४१७

बागमती प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – ४ लाख २१ हजार ४८२, दोस्रो मात्रा – १ लाख ६० हजार ४९०
भेरोसेल पहिलो मात्रा – ५ लाख ८७ हजार ३५३, दोस्रो मात्रा – ४ लाख ४१ हजार ४६

गण्डकी प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ८७ हजार ९७४, दोस्रो मात्रा – ४९ हजार ६११
भेरोसेल पहिलो मात्रा – ६५ हजार ४०६, दोस्रो मात्रा – २३ हजार ५७३

लुम्बिनी प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – २ लाख ७८ हजार ४७६, दोस्रो मात्रा – ८४ हजार ३६३
भेरोसेल पहिलो मात्रा – ७४ हजार ३११, दोस्रो मात्रा – ५७ हजार ९७६

कर्णाली प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ७ हजार ३२८, दोस्रो मात्रा – २९ हजार १५१
भेरोसेल पहिलो मात्रा – २४ हजार २६, दोस्रो मात्रा – १७ हजार ३१७

सुदूरपश्चिम प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – २ लख ५ हजार ५०६, दोस्रो मात्रा – ३७ हजार ९०६
भेरोसेल पहिलो मात्रा – ४२ हजार ३६१, दोस्रो मात्रा – ३२ हजार १५९