Welcome to the complete news site

दोहोरीगीत प्रतिष्ठानको निर्णय दुर्गेशलाई बहिष्कार

0 61

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ। संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन। वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय गरेको प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले जानकारी दिएका छन् । दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच बीचमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए। तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरे । उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानले ठहर छ। गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाउँदै आएका छन् ।