दामिलानो इटालियाका नयाँ प्रडक्ट नेपालमा, दरबारमार्गबाट बिक्री सुरु
काठमाडौंमा झण्डै डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर नेपालमा व्यावसाय विस्तार गर्दै आएको आरपी ग्रुपले दामिलानो इटालियाका नयाँ प्रडक्ट पनि भित्र्याएको छ । आरपी ग्रुपले दसैंलगायत चाडवाड भित्रिरहेका बेला दामिलनो इटालियाका नयाँ उत्पादन ल्याएको असिष्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्काले बताइन् ।
‘आरपी ग्रुपले महिला तथा पुरुषका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री भित्र्याएको छ’ उनले भनिन्, ‘विस्तारै नेपालीहरुको घरमा चाडपर्व आइरहेको र ग्राहकले पनि नयाँ नयाँ मोडल खोज्न थालेपछि नयाँ उत्पादन दरबारमार्गस्थित दामिलानो इटालियाको सोरुमा डिस्प्ले गरिएको हो ।’