Welcome to the complete news site

थप ३६६ संक्रमणमुक्त गण्डकीमा

0 47

पोखरा । गण्डकी प्रदेशमा थप ३ सय ६६ जना कोरोनामुक्त भएका छन् । बिहीबार १ सय ७३ जना निको भएकोमा शुक्रबार कोरोनामुक्त हुनेको संख्या बढेको हो । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या हालसम्म ५७ हजार ६२ पुगेको छ । प्रदेशमा शुक्रबार ३ सय ८१ संक्रमित थपिए । १ हजार १ सय २३ जनाको नमुना परीक्षणमा ३३.९२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ३ सय ६० जना संक्रमित भएकोमा शुक्रबार केही बढीमा संक्रमण देखियो । कास्कीमा ७८ पुरुष तथा ६८ महिला गरी १ सय ४६ सहित मुस्ताङका ११, मनाङका २ र म्याग्दीका ५ जनामा कोरोना देखिएको छ । पर्वतका ७३, गोरखाका १, लमजुङका ८, तनहुँका २०, बाग्लुङका ३९, स्याङ्जाका ३५ र नवलपुरका ४१ जना संक्रमित भएका हुन् । प्रदेशका ११ जिल्लामा १ सय ९३ पुरुष तथा १ सयय ८८ महिलामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको कुल संख्या ६० हजार ९ सय पुगेको छ । यसैगरी, नेपालमा थप २ हजार ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ पिसिआर परीक्षणमा शुक्रबार थप २ हजार ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमित संख्या ६ लाख ६४ हजार ५ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७५ संक्रमणमुक्त भए । हालसम्म निको हुनेको संख्या ६ लाख २८ हजार २ सय ४३ छ ।
साथै गण्डकी प्रदेशमा थप ३ संक्रमितको मृत्यु भएको छ । शुक्रबार कास्की, नवलपुर र स्याङ्जाका १/१ जनाको ज्यान गएको हो । पोखरा ९ का ८५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । नवलपुरको देवचुली २ का ८२ वर्षीय पुरूषको होम आइसोलेसनमा र स्याङ्जाका भीरकोट नगरपालिका ४ का ८४ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको छ । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १७ पुगेको छ । देशभर थप ४३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।