त्रिविले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ।
कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।
अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।
२१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।