तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दरभाउ तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज महासंघले चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको बताएको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ थियो ।