Welcome to the complete news site

तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै

0 14

१२ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ ।

अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन ।

दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए । फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन ।

नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।