Welcome to the complete news site

तलब भत्ता आधा कटौती हुने भएपछि मेस्सीले बार्सिलोना छाड्ने पक्का

२२ श्रावण २०७८

0 23

एजेन्सी । चर्चितत अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको छ। क्याटलन फुटबल क्लबले हिजो एक विज्ञप्ती जारी गर्दै मेस्सीसँग नयाँ सम्झौताको लागि क्लबको वित्तिय तथा संरचनागत बाधा उत्पन्न भएको जनाएको हो । गत जुलाई १ तारिखमा बार्सिलोनासँगको करार सम्झौता सकिएका मेस्सी फ्रि एजेन्टको रुपमा रहेका छन् । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहन सहमति जनाएको खबर यसअघि सार्वजनिक भएको थियो । मेस्सीले हाल पाउदै आएको तलव एवं अन्य सुविधामा आधा कटौती गरेर उनी क्लबमै रहने बताईएको थियो । तर अहिले मेस्सीसँग नयाँ सम्झौताको लागि विभिन्न कठिनाई आएको क्लबको भनाई छ । खासगरी स्पेनिस लिग फुटबल ला लिगाको व्यवस्थाको कारण मेस्सीसँग सम्झौता हुन नसकेको बार्सिलोनाले जनाएको छ।मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने भनिएपनि क्लबमा मेस्सी वा अन्य कुनैपनि नयाँ खेलाडी दर्ता गर्न तलब घटाउनुपर्ने बाध्यताको कारण मेस्सीले बार्सा छाड्ने भएका हुन्। मेस्सीको सम्झौता अप्ठ्यारोमा परेपछि युरोपका अन्य चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मेन र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले लामो समयदेखि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाईरहेका छन् ।