Welcome to the complete news site

ढाका उडानबारे छलफल पोखरा

0 42

पोखरा । पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले छलफल गरेका छन् । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनीहरुले सो विषयमा छलफल गरेका हुन् । पोखरामा निर्माणाधीन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले १ वर्ष पछि धकेलिएको छ । विमानस्थल सञ्चालन आएलगत्तै दुई सहरबीच सिधा उडानले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरु आकर्षित हुने गरेका छन् । हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने बताए । नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने प्रतिबद्धता जनाए । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरु नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताए । पोखरा पर्यटन परिषद् पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नाट्टाका पूर्व अध्यक्ष वासु त्रिपाठी, परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल लगायतले बोलेका थिए । छलफलमा बंगलादेशका ५ जना प्रतिनिधिको सहभागिता थियो ।