Welcome to the complete news site

डेंगु संक्रमितको संख्या २४ हजार नाघ्यो, १४ जनाको मृत्यु

0 7

काठमाडौं। नेपालमा डेंगु संक्रमितको सङ्ख्या साढे २४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार यो वर्ष २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १३ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो मोरङ जिल्लामा बढी संक्रमित देखिएका छन् ।

मोरङमा २ दुई हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, धादिङमा २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः १ हजार ३ सय ६२ झापा, ४ सय ५२ काठमाडौं, ३ सय ७३ धनकुटा, ३ सय ३४ सङ्खुवासभा, ३ सय ३१ धनुषा, २ सय ७० कास्की र २ सय ४२ जना कैलालीमा संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।